Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

भारतमा एकैदिन थपिए २ लाख ६७ हजार कोरोना संक्रमित


तेस्रो लहरको सामना गरिरहेको भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३४५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा एक लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् भने ४३० संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार नजिक पुगेको छ । तीमध्ये ३ करोड ५० लाख नजिक निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

अहिले त्यहाँ सकृय संक्रमितको संख्या १४ लाख २५ हजारभन्दा बढी पुगेको छ । तेसे लहर सुरु भएसँगै भारतका विभिन्न राज्यमा लकडाउन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार