Logo
७ आश्विन २०८३, बुधबार
|  Wed Sep 23 2026

कोरोना अनियन्त्रित भएपछि स्वास्थ्य विज्ञसँग छलफलमा प्रधानमन्त्री देउवा


कोरोना संक्रमितको संख्या अनियन्त्रित हिसाबले फैलिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल थालेका छन्। आज विज्ञहरुलाई बालुवाटार नै बोलाएर प्रधानमन्त्रीले परामर्श लिएका हुन् ।

कोभिड रोकथाम, नियन्त्रण र उपचारका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा छलफल गरिरहेको प्रधानमन्त्रीका मिडिया संयोजक गोविन्द परियारले जानकारी दिए।

संक्रमण अनियन्त्रीत भएसँगै स्मार्ट लकडाउनलाई कडाइ गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । यसअघि अबको केही दिनमै दैनिक संक्रमणदर २० हजार नाग्ने विज्ञहरुले चेतावनी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार