Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

काठमाडौं उपत्यकामा आजदेखि जारी भयो कडा आदेश, के-के गर्न पाइँदैन ?


कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएयता संक्रमण दर भयावह बन्न थालेपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि थप कडाइ गरिएको छ। उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मंगलबार नै २७ बुँदे नयाँ आदेश जारी गरी विभिन्न प्रतिबन्ध लगाएका हुन्। तीन जिल्लाले अलग अलग आदेश जारी गरे पनि बेहोरा एकै छ।

जारी आदेशअनुसार माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न पाइने छैन। गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्नेछ। भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना मात्र र माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई मात्रै सहभागी गराउन पाइनेछ।

सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन। सार्वजनिक सवारीसाधनमा मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ।

हिजो मात्र नेपपालमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक अहिलेसम्मकै धेरै हो ।


प्रतिक्रिया दिनुहोस !
विचार