Logo
७ आश्विन २०८३, बुधबार
|  Wed Sep 23 2026

आज एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित


नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण देखिएको छ। कूल २३ हजार ४०९ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो। मंगलबार पनि उच्च संख्यामा संक्रमित देखिएका थिए। मन्त्रालयका अनुसार मंगलबार १० हजार २५८ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६१३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर संक्रमणदर बढेपछि स्वाथ्य मापदण्ड पालना गराउन सरकार तत्पर देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार