Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

चिडियाखानामा रहेका सिंह र बिरालोमा पनि देखियो कोभिड


दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड सङ्क्रमित ती दुवै जनावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । सङ्क्रमित जनावरहरूले श्वास फेर्न कठिनाइ महसुस गरेको बताइएको छ ।

नावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यसअघि मानिसबाट जनावरमा कोभिड सर्ने वैज्ञानिकहरूले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।

जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार