Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

भारतमा एकैदिन थपिए ३ लाख ४७ हजार कोरोना संक्रमित


कोरोनाको तेस्रो लहरको सामना गरिरहेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो ३ लाख १७ हजार ५३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, २ लाख ५१ हजार ७७७ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ पुगेको छ। हाल भारतमा कोरोनाको दैनिक संक्रमण दर १७।९४ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७०३ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख ८८ हजार ३९६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार