Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

कश्मीरमा १२ घण्टासम्म मुठभेड, पाँच अतिवादी मारिए


कश्मीरमा शनिबार र आइतबार राती १२ घण्टासम्म चलेको मुठभेडमा पाँच अतिवादी मारिएका छन्। जोन पुलिसले ट्वीट गर्दै उक्त जानकारी दिएको बीबीसी हिन्दीमा समाचार छ।

‘पाकिस्तान प्रायोजित आतंकवादी संगठन लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका पाँच आतंककारी पछिल्लो १२ घण्टामा दुई मुठभेडमा मारिएका छन्’, आईजीपी कश्मीरलाई उद्धृत गर्दै ट्वीटमा लेखिएको छ।

आईजीपी कश्मीरले यसलाई जम्मू कश्मीर पुलिसका लागि ठूलो सफलताको रूपमा वर्णन गरेका छन्। कश्मीर पछिल्लो समय अशान्त रहँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार