Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

उत्तर कोरियाद्धारा पाँच वर्ष यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र परीक्षण


उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट बिहान क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।

यो महिनामा उत्तर कोरियाले प्रहार गरेको यो सातौं क्षेप्यास्त्र हो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ ।

तर उत्तर कोरियाले यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले परमाणु परीक्षणको विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार