Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sun May 31 2026

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र पोखरेलको दाबी पेश


नेपाली कांग्रेसको गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दिएको २४ घन्टे समयसिमाभित्रै कांग्रेस नेता पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन् ।
३१ जना सांसदहरु सशरीर प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । तर, प्रदेश प्रमुख पौडेलले प्रकृया पु¥याएर निर्णय गर्ने बताएकी छिन् । बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखकोमा पुगेका कारण कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तै छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार