ब्राजिलमा दुई दिनदेखि भारी वर्षासँगै बाढी आएको छ। बाढी पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ। बाढीका कारण अन्य कैयौँ व्यक्ति विस्थापित भएको अधिकारीहरुले जनाएका छन्।
स्थानीय प्रहरी र सेना तथा अन्य पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेका छन्। भारी वर्षाका कारण उद्धारको काममा समस्या उत्पन्न भएको जनाइएको छ। बाढी बढेसँगे करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्।
बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ। मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्।








