Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

निर्वाचन आयोगद्धारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस


निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन्।

राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए

निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन बुझाएको हो


प्रतिक्रिया दिनुहोस !
विचार