सरकारले भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव स्वीकृत गरेको हो।
त्यस्तै खुला विश्वविद्यालयका उपकूलपतिमा डा शिलु मानन्धर नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बैठकले मानन्धरलाई नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले बताए।
सरकारी शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले भरतपुरमा नै अस्पताल बनाउन उपयुक्त हुने रायसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो।








