Logo
१० मंसिर २०८३, बिहीबार
|  Thu Nov 26 2026

भारतमा कोरोना संक्रमणदर घट्यो, मृत्युदर घटेन


भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ६१ हजार नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा २ लाख ८१ हजारभन्दा धेरै संक्रमित निको भएका छन्।

कोरोनाका नयाँ संक्रमितको संख्यामा केही कमी आए पनि भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि अझै चिन्ताको विषय बनेको छ। पछिल्लो २४ घण्टामा १ हजार ७३३ जनाको संक्रमणको कारण मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको संक्रमणदर भने ९.२६ प्रतिशतमा झरेको छ। तेस्रो लहर सुरु भएसँगै भारतमा ३ लाख ५० हजारसम्म दैनिक संक्रमित थपिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार