Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

गठबन्धन टुट्ने आशंकाकाबीच प्रधानमन्त्री देउवालाई भेटेपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन थप बलियो हुने बताएका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका नेपालले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । नेता नेपाललले चुनावमा गठबन्धनका दलहरु एक भएर अघि बढ्ने बताए ।

उनले भने, ‘पाँच दलीय गठबन्धन गरेका छौं । यो गठबन्धन टुट्नेवाला छैन । गठबन्धनलाई थप बलियो बनाउँछौं । समाचारमा अनेक कुराहरु आएका छन् । मनगडन्ते कुराहरु आएका हुन् ।’ उनले भने, ‘प्रतिनिधि सभा क्रियाशील हुनुपर्ने बेलामा बाधा व्यवधान खडा गर्ने काम भएको छ । विध्वशंकारी भूमिका निर्वाह गर्ने प्रवृत्ति हाबी भएको छ ।’

आज बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेता नेपालबीचको भेटमा एमसीसी, स्थानीय तहको निर्वाचन, संसदको अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार