Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

१३ जिल्लाका प्रजिअहरुसँग गृहमन्त्रीको वार्ता, के भयो कुराकानी ?


गृहमन्त्री बालकृष्ण खाणले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग वार्ता गर्नुभएको छ । गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत् विभिद विषयमा जानकारी लिएका हुन्।

सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग गृहमन्त्री खाणले टेलिफोन वार्ता गरेका हुन्। त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

उनले प्रजिअहरूसँग जिल्लामा कोभिड-१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड-१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या र आवश्यकता, जिल्ला सुरक्षा समितिको बैठकको नियमितता लगायत विषयमा जानकारी लिएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार