Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

मिसावटयुक्त कोकिन खाँदा १६ जनाको मृत्यु


मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन् ।अवैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् ।

किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।

पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार