Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

शंंकास्पद कारोबारमाथि राष्ट्र बैंकको निगरानी, ७ लाखमाथिको नगद कारोबारमा लाग्यो यस्तो सर्त


नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार गर्नेलाई निगरानी गर्न थालेको छ। राष्ट्र बैंकले सात लाख रुपैयाँभन्दा माथिको नगद कारोबारको अनुसन्धान थालेको जनाएको छ। राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।

अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बरसहित रकम कहिले र किन निकालेको हो ? लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ । हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न पाइँदैन । यसबाहेक शंकास्पद कारोबार सम्बन्धमा अनिवार्यरुपमा वित्तीय जानकारी इकाईमा बैंक तथा वित्तीय संस्थाले जानकारी दिनुपर्ने प्रावधान छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पति शुद्धीकरण अनुगमन इकाइले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रतिकारोबार सात लाख र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन आग्रह गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !
विचार