Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अनेरास्ववियुले जलायो प्रधानमन्त्री देउवाको पुत्ला


पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको दहन गरेको छ ।
बिहीबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । त्यस्तै उनीहरुले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नुपर्ने माग समेत गरेका छन् । पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा बिद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार