Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै, स्थानीय निर्वाचन मिति र एमसीसीमा सहमति खोज्ने प्रयास


सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे तीन नेताबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

ओलीले शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। यसअघि प्रधानमन्त्री देउवा आफैँ एमसिसी, संसदमा भएको अवरोधलगायत विषयमा छलफल गर्न ओली निवास बालकोट पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार