Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

बलात्कार आरोप लागेपछि एमाले नेता बानियाँले दिए यस्तो प्रतिक्रिया


नेकपा एमालेका सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । बानियाँले आफूलाई राजनीतिक प्रतिशोध साँध्न महिलाको प्रयोग गरिएको बताएका छन् । विभिन्न सन्चारमाध्यममा एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कारसम्वन्धी मुद्दा दायर गरेको भन्ने खबर सुनेको बताउँदै त्यसबाट आफू अच्चमित भएको बताए ।

‘मेरो राजनीतिक उचाइबाट चिढिएका केहि व्यक्तिले महिला प्रयोग गरेर मेरो राजनीति सक्काउने सपना देखेका छन्,’ बाँनियाले भने, ‘म ५९ वर्षको व्यक्तिले त्यसरी गिरेर घिनलाग्दो हर्कत गर्ने कुरै भएन ।’ उनले आफूमाथि लगाइएको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा ती महिलाले बाँनियाविरुद्ध दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी हुन् । ती महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार