नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन्।
मंगलबार विज्ञप्ति जारी गर्दै गौतमले सम्झौता र सहमति सार्वजनिक हुँदा साथ यसमा रहेका कतिपय प्रावधान र शर्तहरुका कारण नेपालका प्रमुख राजनीतिक पार्टीहरुका बीच गम्भीर विवाद भएको र जनमत पनि गम्भीर रुपमा विभाजित भएर प्रकट हुन थालेको उल्लेख गरेका छन्।









