Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित


प्रतिनिधिसभाको बुधबार बोलाइएको बैठक स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक स्थगित भएको छ ।

एक हप्ता बैठक स्थगित गर्ने तयारी भइरहेको सरकारका एक मन्त्रीले जानकारी दिए।अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा पेश गर्ने तयारी भइरहेका बेला दलहरुमा सहमति नजुटेपछि बैठक स्थगित गरेर सहमतिको प्रयास थालिन लागेको ती मन्त्रीले जानकारी दिए।

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको सरकारले पाँच दलीय सत्ता गठबन्धनमै एमसीसी सम्झौतालाई टेबल गर्ने विषयमा विभाजित भएपछि संसद बैठक नै स्थगित गरेको ती मन्त्रीले बताए।

 


प्रतिक्रिया दिनुहोस !
विचार