अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन् । एमसीसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो प्रदर्शन गरेका हुन्। उनीहरूले आजै नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ कार्यक्रम समेत तय गरेका छन्।
बुधबार १ बजे माइतीघर मण्डलमा केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्याली संसद् भवन नयाँ बानेश्वरतर्फ अघि बढेको छ।यसअघि काठमाडौंमा आइतबार बसेको ६ दल र दुई मोर्चाको बैठकले २५ गते देशभर संयुक्त कोणसभा गर्ने, २६ गते काठमाडौंमा संसद् भवन घेराउ गर्ने र सोही दिन देशैभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।








