नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ । आज बसेको कांग्रेस पदाधिकारी बैठकले भोलिका लागि बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।
बैठकमा भोलि बस्ने कार्यसम्पादन बैठकको मुख्य एजेन्डाका विषयमा समेत छलफल भएको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। भोलिको कार्यसम्पादन बैठकले म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय लिने उनले बताए।
कांग्रेसको हिजो बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।








