Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै, गठबन्धन तोड्न दवाब


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। समिति गठन भएपछि बिहीबार पहिलोपटक बसेको बैठक आज पनि निरन्तर जारी रहने भएको हो। बैठक दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

बैठकमा खासगरी स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने अजेन्डा रहेको छ।

बैठकमा नेताहरूको बोल्ने क्रम नसकिएकाले आज पुनः बस्न लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। बैठकको पहिलो दिन बोल्ने सदस्यहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

हिजोको बैठकमा गोपालमान श्रेष्ठ, डा शशांक कोइराला, सुनील थापा, उमा रेग्मी विजयकुमार गच्छदारलगायत १२ जना नेताहरुले आफ्नो धारणा राखेका थिए। अधिकांश नेताहरुले गठबन्धन तोडेर निर्वाचनमा लाग्नुपर्ने बताएका थिए । बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्ला र केही क्षेत्रीय समितिको अधिवेशनका विषयमा पनि छलफल भइरहेको छ। हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ३७ सदस्ययीय छ।


प्रतिक्रिया दिनुहोस !
विचार