Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो


ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरनजिक रहेको एक मन्दिरमा आज बिहान मूर्ति फेला परेको जानकारी दिए।

बालकुमारीमाईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र प्रहरी क्याम्प, क्लासिक टावरसँगै भेटिएको प्रदेश सांसद राजकाजी महर्जनले बताए।आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार