Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

दुई मन्त्री थप्ने प्रधानमन्त्री देउवाको तयारी, को को बन्दैछन् मन्त्री ?


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । आउँदो सोमबारसम्म मन्त्रीमण्डल विस्तार गर्ने उनको तयारी छ । देउवानिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थप गर्न लागेका हुन् । हाल ती मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्दै आएका

थपिने दुवै मन्त्री नेपाली कांग्रेसका तर्फबाट हुनेछ । नयाँ मन्त्रीमा सुजता कोइराला र राजन केसीको चर्चा छ । त्यसो त प्रकाशमान सिंहलाई पनि सरकारमा लाने तयारी देउवाले गरे पनि सिंह भने तत्काल सरकारमा नजाने पक्षमा छन् ।

गएको असार २९ गते देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको थियो । त्यसपछि उनले तीनपटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन् । अहिले मन्त्रिपरिषद् २३ सदस्यीय छ । दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार