Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सभामुखले राजीनामा दिनुपर्ने हुनसक्छ : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखले राजीनामा दिनुपर्ने अबस्था सृजना हुन सक्ने बताएका छन् । पत्रकार ऋषी धमलासँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले सरकारले संसदलाई दिने कुनै पनि बिजनेस रोक्ने अधिकार सभामुखलाई नुहने बताएका हुन् ।
सभामुखका कारण संसदमा एमसीसी अघि बढ्न नसकेको चर्चा चलिरहेका बेला प्रचण्डले एमसीसी मात्रै नभई संसदमा सरकारले दिने कुनै पनि बिजनेस सभामुखले रोक्न नसक्ने बताए । ‘एमसीसी सभामुखलाई मन नपर्न सक्छ तर, त्यसलाई संसदमा छलफल हुनबाट रोक्ने अधिकार भने उहाँलाई रहँदैन’, प्रचण्डले भने, ‘ सरकारले दिएका बिजनेस अघि नबढाउँने हो भने सभामुखले राजीनामा दिनुपर्छ ।’
एमसीसी अहिलेकै अबस्थामा सरकारले अघि बढाउन नहुनेमा भने प्रचण्डले जोड दिएका छन् । चुनावको मुखमा एमसीसी अघि बढाउँन खोज्दा चुनाव नै नहुन सक्ने खतरा रहेको भन्दै उनले चुनावपछि संसोधन सहित एमसीसी अघि बढाउनुपर्ने बताए ।
राष्ट्रिय सहमति गरेर मात्रै एमसीसी अघि बढाउनुपर्ने पक्षमा आफू रहेको भन्दै प्रचण्डले अमेरिकासँगको सम्बन्ध बिग्रोस भन्ने पक्षमा भने आफू पनि नरहेको बताए ।
एमसीसीका कारण गठबन्धन भत्किन सक्ने संकेत गर्दै प्रचण्डले प्रधानमन्त्रीले एकपक्षीय रुपमा एमसीसी संसदमा अघि बढाएको खण्डमा आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए । एमालेसँग फेरि पार्टी एकता हुन सक्छ भन्ने प्रश्नमा उनले सम्भावनाका कुनै पनि ढोका बन्द नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार