Logo
२८ कार्तिक २०८२, शुक्रबार
|  Fri Nov 14 2025

प्रचण्डकाे दुखेसाे : प्रतिगमनकारीले गठबन्धन टुटाइदिने भए



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारीहरु सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रमा क्रियाशील रहेको बताएका हुन् ।
उनले अहिलेको गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको भन्दै कुनै एउटा खास परियोजनाका लािग गठबन्धन नगरिएको दाबी गरे । उनले गठबन्धन जुन मुल्य र मान्यतामा रहेर बनाइएको हो त्यसैमा जनता समेत दृढ रहेको जिकिर गरे ।
प्रचण्डले प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले भनेअनुसार पछि सारिए पनि आरोप आफूमाथि लगाइएको गुनासो गर्दैे माओवादी नेतृत्व र नेताहरुलाई बदनाम गराउने षडयन्त्र भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार