Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रधानमन्त्रीले संसदीय दलको बैठकबाटै सभामुखलाई गरे फोन, के भने त्यस्तो ?


फाल्गुन ४ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठकको केही सुरसार नदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरेका छन् ।
कांग्रेस संसदीय दलको बैठक बसिरहेका बेला सभामुखलाई टेलिफोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन देउवाले आग्रह गरेको प्रधानमन्त्री निकट सांसदले जानकारी दिए । प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएपनि यो समाचार तयार पार्दासम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने टुङ्गो भएको छैन ।
प्रधानमन्त्री देउवा भोली बस्ने भनिएको संसद बैठकमा एमसीसी टेबुल गर्ने पक्षमा छन् भने सत्ता गठबन्धनका अन्य दलहरु आलटाल गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार