Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कोटेश्वरमा पेट्रोल छर्केर टयाक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ, कहाँ कहाँ कस्तो छ अवस्था ?


नेपाल बन्दको उल्लंघन गरेको भन्दै राजधानीको कोटेश्वर चोकमा बन्दकर्ताले पेट्रोल छर्केर टयाक्सी जलाउन खोज्दै गर्दा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ । टयाक्सी जलाउन खोजेको अभियोगमा प्रहरीले बन्दकर्ता मंगलबाहादुर मोक्तानलाई पक्राउ गरेको हो ।
यस्तै राजधानीका विभिन्न चोकबाट दुई दर्जन भन्दा बढी बन्दकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाइएपनि भौतिक क्षती हुनेगरी प्रदर्शनकारी उत्रिएपछि पक्राउ गर्नुपरेको प्रहरीको भनाई छ ।
राजधानीका चोक चोकमा प्रहरीको व्यापक तैनाथी गरिएको छ भने कोटेश्वर, सातदोबाटो, बानेश्वर, गौशाला लागयतका क्षेत्रमा प्रदर्शनकारीले एमसीसी खारेज गर भन्दै नाराबाजी गरेका छन् ।
आज विप्लब नेतृत्वको नेकपा सहितका ६ कम्युनिष्ट गठबन्धनले एमसीसीको बिरोधमा नेपाल बन्दको आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार