Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक, एमसीसी सहित अरु यस्ता छन् एजेण्डा


नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गर्न आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ ।
बिहान १० बजे संसदीय दलको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने तयारी भएको माओवादी प्रमुख सचेतक देव गुरुङले आजको प्रेसलाई जानकारी दिए । उनले भने, ‘ अहिलेकै अवस्थामा माओवादी एमसीसीका पक्षमा उभिन सक्दैन, एमसीसीका विपक्षमा मतदान गर्नेगरी माओवादीले निर्णय गर्छ ।’
संसदीय दलको बैठकमा प्रधानन्यायाधीश बिरुद्ध दायर गरिएको महाअभियोग प्रस्तावका विषयमा पनि छलफल हुने उनको भनाई छ । माओवादी सांसदहरु सहितको हस्ताक्षरमा महाअभियोग दर्ता गरिएका कारण महाअभियोग प्रस्ताव पारित गर्न अन्य दललाई पनि आग्रह गरिने उनले बताए ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी पारित गर्ने निर्णय गरेसँगै सत्ता साझेदार माओवादी केन्द्र अप्ठयारोमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार