Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसी टेबुल गर्नेगरी १ बजे प्रतिनिधि सभाको बैठक बस्दै


प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
यसअघि सार्वजनिक भएको संसद बैठकको कार्यसूचीमा एमसीसी सम्झौता सम्बन्धी विषय उल्लेख नभएपनि ११ः३० बजेको कार्य व्यवस्था समितिको बैठकले एमसीसी कार्यसूचीमा थप्ने निश्चित जस्तै छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्र्नेे निर्णय गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबुल गर्ने समझदारी भएको बुझिएको छ तर माओवादी र एकीकृत समाजवादीले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार