एमसीसीको बिरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीचको दोहोरो झडपका कारण काठमाडौंको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
प्रदर्शनकारी संसद भवन आसपासको निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी तथा पानीको फोहोरा वर्षाएको छ भने प्रदर्शनकारीले प्रहरीमाथि इँटा प्रहार गरेका छन् । दोहोरो झडपमा परी केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।
बुधबार संसदमा एमसीसी टेबुल गर्न खोजेको भन्दै विप्लब नेतृत्वको नेकपा सहितका दलहरुले नेपाल बन्दको आह्वान गरेका छन् भने सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववीयुका नेता कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएका छन् ।









