स्थानीय तहको निर्वाचनका लागि दल दर्ता खुल्ला भएको छ । निर्वाचन आयोगले दल दर्ता सम्बन्धी सूचना जारी गर्दै वैशाख ३० गते हुने निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दर्ताका लागि आह्वान गरेको हो ।
हाल ११९ वटा दल निर्वाचन आयोगमा दर्ता छन् । यसअघि यो भन्दा धेरै दल दर्ता रहेकोमा केही दलहरुले लेखापरिक्षण प्रतिवेदन लगायतका कागजात बुझाउन नसकेका कारण खारोज भएका थिए ।
वैशाख ३० को निर्वाचनमा भाग लिनका लागि फागुन १५ भित्र दल दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।








