नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ दलीय गठबन्धन जोगाउँन आफूहरुले निकै जोड गरिरहेको बताएका छन् ।
सत्तारुढ ५ दलको बैठक बस्नुअघि एकीकृत समाजवादी र जसपाका नेताहरुसँग अलग्गै बैठक गरेका प्रचण्डले गठबन्धन जोगाउनेतिर आफूहरुको ध्यान रहेको बताएका हुन् । एमसीसीबारे साँझ बस्ने ५ दलको बैठकले निकास निकाल्ने उनले बताए ।








