एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भर्खरै सकिएको छ ।
नेताहरु आ–आफ्नै अडानमा रहेपछि बैठक बिना निश्कर्ष सकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अघि बढाउने अडानमा र गठबन्धनमा रहेका अन्य दलहरु यथास्थितीमा एमसीसी अघि बढाउन नहुने अडानमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
करिब २ घण्टा बसेको बैठकले एमसीसीबारे कुनै निर्णय निकाल्न नसकेपछि भोलि बिहान ९ बजे पुनः बैठक बस्ने सहमति भएको छ ।








