आज दिउँसो एक बजे बस्ने संसद बैठकको कार्यसूचीमा एमसीसी सम्झौता परेको छैन ।
बिहिबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसी सम्झौता नपरेपनि दलहरुबीच कुनै प्रकारको सहमति भए ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीमा एमसीसी पर्न सक्नेछ ।
यसअघि ४ गतेको बैठकमा सत्तारुढ दलहरुबीच एमसीसी टेबुल गर्ने अनौपचारिक सहमति भएपनि माओवादी केन्द्र सहमतिबाट एकाएक पछि हटेपछि एमसीसी टेबुल हुन सकेन ।
सडकको व्यापक विरोध तथा सत्तारुढ दलहरुबीचको विवादका कारण प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले एमसीसी टेबुल गरिहाल्ने आँट गरेको छैन ।








