नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा बिरोध जारी राख्ने भएको छ ।
एमाले संसदीय दलका नेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभाको बैठकमा बिरोध जारी राख्ने बताएका छन् । संसदमा आफ्नो रणनीति परिवर्तन नभएको उनको भनाई छ ।
आज दिउँसो एक बजे बस्ने संसद बैठकको कार्यसूचीमा एमसीसी सम्झौता परेको छैन ।
बिहिबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसी सम्झौता नपरेपनि दलहरुबीच कुनै प्रकारको सहमति भए ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीमा एमसीसी पर्न सक्नेछ ।








