प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक पर्सी फेरी बस्ने गरी सकिएको छ ।
एमसीसी संसदमा पेश गर्ने विषयमा छलफल गर्न बसेको बैठक आज पनि बिना निष्कर्ष सकिएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पर्सी बस्नेगरी आजको बैठक सकिएको जानकारी दिए ।
एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा बसेको बैठक आजपनि असफल भएको छ ।








