Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन


अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ को विरोधमा शुक्रबार पनि बानेश्वरमा प्रदर्शन भएको छ ।
एमसीसीको विरोधमा प्रदर्शन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा लगाएतका राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए । उनीहरुले एमसीसी चाहिँदैन, एमसीसी खारेज गर लगाएतका नारा लगाएका थिए भने निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । प्रदर्शनकारीले संसद भवनको चारैतिर धर्ना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार