सत्ता गठबन्धनदलबीच एमसीसीसँगको सम्झौता संसद्मा टेबुल गर्ने सहमति जुटेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबुल गर्ने सहमति जुटेको हो । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबुल गर्न सहमत भएका हुन् ।
गठबन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा टेबुल गर्ने सहमति भएको बताए । उनले अब एमसीसीबारे उब्जिएका प्रश्न र आशंकाहरू संसद्बाटै प्रष्ट हुने पनि बताए । सरकारले अविछिन्न उत्तराधिकारी संस्थाको रुपमा एमसीसी टेबुल गर्न लागेको उनको भनाई छ ।
गठबन्धनमा भएका दलमध्ये प्रधानमन्त्री देउवाको दल नेपाली कांग्रेस एमसीसी संसद्मा पेश गरेर तत्काल पारित गर्नुपर्ने पक्षमा छ । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा भने एमसीसीलाई संशोधन गरेर पारित गर्ने पक्षमा छ ।








