Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

भीम रावललाई संसदमा बोल्न दिएकोमा एमालेको आपत्ति


आइतबारको संसद बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सांसद भीम रावललाई बोल्न दिएकोमा एमालेले आपत्ति जनाएको छ ।
एमालेले संसद अबरोध गरिरहेको अवस्थामा दलीय सहमति बिना एमाले सांसदलाई सभामुखले बोल्न दिएको भन्दैे एमालेले आपत्ति जनाएको हो । संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले संसदीय व्यवस्था प्रतिकुल गएर काम गरेको जिकिर गरे । एमसीसी संसदमा टेबुल हुनुपूर्व त्यसको विरोध गर्दै सांसद रावलले संसदमा बोलेका थिए ।
एमालेले संसद अबरोध गरेपनि पार्टीका सांसद रावलले त संसदीय काम कारबाहीमा भाग लिनुभयो नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा भट्टराईले त्यो विषयलाई पार्टीले गम्भिरताका साथ लिएको बताए । रावललाई संसदमा बोल्न दिएकोबारे आफूले सभामुखसँग भेटेर आपत्ति जनाएको र सभामुखले त्यसप्रति ध्यानाकर्षण भएको बताएको उनको भनाई थियो ।
एमालेले अब एमसीसीका पक्ष या विपक्ष के मा मत हाल्छ भन्ने जिज्ञासामा प्रमुख सचेतक भट्टराईले तत्काल एमालेले केही नगर्ने बताए । गैह्र सांसदहरुलाई संसदमा प्रवेश गर्न दिए सम्म आफूहरुले संसद अबरोधलाई जारी राख्ने भन्दै उनले आफूहरुको माग सम्बोधन गर्न आग्रह गरे ।
एमालेले माधवकुमार नेपाल सहितका १४ जनालाई गैह्र सांसद भन्दै निरन्तर संसद अबरोध गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार