Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नेपाल बार एशोसिएशनको चुनावको मिति सार्वजनिक


नेपाल बार एशोसिएशनको चैत १९ गते हुने चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिका अनुसार चुनावका लागि फाल्गुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावलीमा दावी विरोध फाल्गुन २३ गतेका लागि तोकिएको छ । फाल्गुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ बजेदेखि मध्यान्ह ४ बजेसम्म मतदान हुनेछ ।
चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार