आइतबार राती टिप्पर दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा टिप्परका चालक घाइते भएका छन् । मृत्यु हुनेमा टिप्परमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् ।
घाइते भएका अमृतको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ । लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा १ ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रित भएर पल्टिएको थियो ।








