Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

स्थानीय चुनाव सम्बन्धी रिटको सुनुवाई आज


सर्वोच्च अदालतमा परेको स्थानीय निर्वाचन सम्बन्धी रिटको सुनुवाई आज हुँदैछ । शुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न नै अस्वीकार गरेको रिट पछि इजलाशको आदेशबाट दर्ता भएको थियो ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दावीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
साहले दायर गरेको रिटउपर सर्वोच्च अदालतले दिन सक्ने आदेशले स्थानीय तहको निर्वाचन नै रोकिन सक्ने कतिपयको विश्लेषण छ । तर, स्थानीय तहको निर्वाचन रोकिपाउँ भनेर उनले रिट दायर नगरी पूरै पाँच वर्ष काम गर्न पाउँ भनेका कारण स्थानीय तहको निर्वाचन प्रभावित नहुने केहीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !
विचार