Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

लोसपाले बोलायो बैठक, एमसीसी लगायतका विषयमा छलफल गर्ने


लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा एमसिसी लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको लोसपाको आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ ।
उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।


प्रतिक्रिया दिनुहोस !
विचार