नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा मनोनित भएकी छिन् ।
दीपा तामाङ राप्रपा धादिङको उपाध्यक्षमा मनोनित भएको बताइएको छ । पार्टीलाई आवश्यक स्रोतहरुको व्यवस्थापन गर्ने जिम्मेवारी सहित उनलाई उपाध्यक्षमा मनोनित गरिएको हो ।
तामाङ उपाध्यक्षमा मनोनित भएपछि राप्रपाका नवनियुक्त प्रवक्त ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल मार्फत दिएको बधाई तथा शुभकामनामा कुलमान घिसिङकी श्रीमती भनेर लेखिएको छ ।









