Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

आज बस्ने संसदको मुख्य एजेण्डा एमसीसी


एमसीसी सम्झौता टेबुल भएपछि पहिलोपटक बस्न लागेको प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौतामाथिको छलफल मुख्य एजेण्डाका रुपमा रहेको छ ।
संघीय संसद भवन नयाँ वानेश्वरमा दिउँसो बस्ने बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश भए लगत्तै एमसीसी सम्झौतामाथिको छलफल शुरु हुनेछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । तर, यसअघि संसदमा एमसीसी टेबुल गर्दा अनुपस्थित भएका शर्मा आजको बैठकमा उपस्थित हुन्छन् या हुँदैनन् भन्ने टुंगो भने लागेको छैन ।
अर्थमन्त्री शर्मा अनुपस्थित भए भने उनका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छलफल अघि बढाइयोस् भनी संसदमा प्रस्ताव गर्नेछन् । उनको प्रस्ताव बमोजिम नै सांसदहरुले एमसीसी प्रस्तावमाथि छलफल गर्नेछन् ।
छलफलमा अनिवार्य सहभागिताका लागि नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ भने अन्य दलहरुले सांसदहरुलाई अनिवार्य उपस्थितीको निर्देशन दिएका छैनन् ।
यसअघि ८ गते बसेको संसद बैठकमा सत्तारुढ दलहरुकै विरोधका बीच एमसीसी टेबुल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार