आज १ बजेका लागि बोलाइएको संसद बैठक एकाएक स्थगित गरिएको छ । बैठकका लागि सांसदहरु हलभित्र प्रवेश गरेको केही समयपछि बैठक स्थगित भएको सूचना टाँस भएको थियो ।
कार्यव्यवस्था परामर्श समितीको बैठकमा सरकारले एक दिनको समय माग गरेपछि बैठक भोलि सम्मका लागि स्थगित भएको बुझिएको छ । बैठक भोलि शुक्रबार दिनको १ बजे बस्नेगरी विशेष कारणले स्थगित भएको संसद सचिवालयको सूचनामा उल्लेख छ ।








